काठमाडौं, १७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेल जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोख्रेलले यस्तो बताउनुभएको हो ।

जेन्जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पुरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा पाेख्रेलले बताउनुभयो । साथै उहाँले उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन,’ भन्दै ‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन ।’ भनेर पत्रकार सम्मेलनमा बताउनुभयो ।

पोख्रेलले २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको समेत दाबी गर्नुभयो । उहाँले ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ उहाँले भन्नुभयो , ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

साथै, उहाँले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्ने कुरा समेत बताउनुभयो । ‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित हुन खोज्दैछ । अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन,’ पोेख्रेलले भन्नुभयो, ‘परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस