oplus_2

महेश बस्नेत
घाेराही, २३ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जिल्ला सरकारी वकिल कार्यालय दाङ घाेराहीलाई सहयाेग हस्तान्तरण गरेकाे छ। आइतबार एक कार्यक्रम गरि प्याब्सन घाेराहीले कार्यालयलाई डेढ लाख रकम बराबरकाे दुई थान कम्प्युटर र २ थान प्रिन्टर्स सहयाेग गरेकाे हाे ।

गत भाद्र २३ र २४ गतेकाे जेन जीकाे आन्दाेलनका क्रममा अराजक समुहले जिल्ला सरकारी वकिल कार्यालयमा ताेडफाेड तथा भाैतिक सामग्रीहरुकाे आगजनी गरेका थिए । आगजनीबाट कार्यालयका अत्यावश्यक सामग्रीहरु नष्ट भएकाले कार्यालय सञ्चालनका लागि प्याब्सन घाेराहीले कम्प्युटर तथा प्रिन्टर्स साैजन्य गरेकाे हाे । घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चाैधरीकाे राेहबरमा प्याब्सन घाेराहीले जिल्ला सरकारी वकिल कार्यालयका श्रीधर अधिकारीलाई सामग्री हस्तान्तरण गरेकाे थियाे ।
हस्तान्तरण कार्यक्रममा बाेल्दै प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्व प्राज्ञिक सल्लाहकार अरुण शर्माले जेन जी आन्दाेलनले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायमाथि क्षति पुर्याएकाले पुनः जनतामा प्रभावकारी सेवा प्रवाह गर्नका निम्ति प्याब्सन घाेराहीले सहयाेग गरेकाे बताउनुभयाे ।
घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चाैधरीले जेन जी आन्दाेलनले जनतासँग प्रत्यक्ष जाेडिएका सरकारी कार्यालयहरुमा ठुलाे क्षती पुर्याएकाे भन्दै अहिले उपमहानगरपालिकामा विभिन्न निकाय तथा कार्यालयहरुबाट सहयाेगकाे माग भइ आएकाे जानकारी गराउनुभयाे । उहाँले उपमहानगरपालिकाबाट एकद्वार प्रणाली मार्फत सहयाेग हस्तान्तरण गर्ने कार्य भइरहेकाे बताउनुभयाे । जिल्ला सरकारी वकिल कार्यालयलाई घाेराही उपमहानगरपालिकामार्फत २/२ थान कम्प्युटर र प्रिन्टर्स सहयाेग उपलब्ध गराइ सामाजिक उत्तरदायीत्वकाे भूमिका निर्वाह गरेकाेमा प्याब्सन घाेराहीकाे प्रसंशा गर्दै नगर प्रमुख चाैधरीले आभार व्यक्त गर्नुभयाे ।
सहयाेग हस्तान्तरण कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी, लुम्बिनी प्रदेश उपाध्यक्ष अमर सुवेदी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, घाेराही उपमहानगरपालिकाका कार्यकारी प्रमुख ऋषिराम केसी, जिल्ला सरकारी वकिल कार्यालयका कर्मचारी, उपमहानगरपालिकाका कर्मचारी, प्याब्सन दाङ र घाेराहीका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

मनाेनित सल्लाहकार तथा सदस्यलाई स्वागत

प्याब्सन घाेराही नगर कमिटीले नगर कमिटीमा मनाेनित सल्लाहकार र सदस्यहरुलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरेकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेनित सल्लाहकारहरु केशरमान बुढाथाेकी र धर्मबहादुर केसीलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरेकाे हाे । प्याब्सनकाे विधान बमाेजिम दुई जना महिला सदस्यहरु समाबेश गर्नुपर्ने भएकाले नगर कमिटीले शर्मिला थापा र ममता केसी ओलीलाई नगर सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे थियाे । १३ सदस्य रहेकाे नगर कमिटी दुई महिला सदस्य मनाेनित भएसँगै कमिटीले पुर्णता पाएकाे छ।
नगर अध्यक्ष बालकृष्ण ओलीले मनाेनित महिला सदस्य थापा र केसीलाई सपथ ग्रहण गराउनुभएकाे थियाे । उक्त अवसरमा पूर्व केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुण शर्मा, जिल्ला अध्यक्ष निर्मल न्याैपानेले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । यसैगरी, मनाेनित सल्लाहकारका तर्फबाट केशरमान बुढाथोकी र महिला सदस्यकातर्फबाट शर्मिला थापाले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

सचिवालय गठन
यसैगरी प्याब्सन घाेराही नगर कमिटीले सचिवालय गठन गरेकाे छ। कमिटीका कामकाजलाई प्रभावकारी बनाउन सात सदस्यीय सचिवालय गठन गरिएकाे हाे । सचिवालयमा नगर अध्यक्ष बालकृष्ण ओली, उपाध्यक्ष मानसिंह घर्ती, सचिव विमल भण्डारी, काेषाध्यक्ष चित्रबहादुर घर्ती, सहसचिव सन्दिप शाह, सहकाेषाध्यक्ष शिव भण्डारी र प्रवक्ता महेश बस्नेत रहनुभएकाे छ । बैठककाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस