घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई अभिभावकत्व प्रदान गरिरहनु भएको छ ।
प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविकोपार्जनका लागि सहयाेग माग्दै गरेको अवस्थामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनसँग भेट भयाे। उहाँहरुकाे अवस्था बुझेपछि प्रियासनले प्रदिपलाई सहयाेगस्वरुप कपी किनिदिनु भयाे । लगत्तै प्रदिपलाई पढाउन र सीताको दैनिकी चलाउनको लागि आफ्नो तर्फबाट विशेष सहयोग गर्ने प्रियासनले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
प्रदिपलाई चाहे जति कक्षासम्म पढाउन आफूले सहयोग गर्ने प्रियासनले बताउनुभयो ।












