घाेराही, १२ पाैष । नेकपा एमाले घाेराही उपमहानगरपालिका ९ नं. वडा कमिटीले मछाहीमा शनिबार श्रद्धाञ्जली सभा गरेकाे छ।
पार्टीका संगठित सदस्य दाेर्णा कुमारी बस्नेतका माइला छाेरा एवम् पार्टीका क्रियाशील पूर्व सदस्य स्वर्गीय मित्रलाल बस्नेतकाे १३ औं दिनकाे पूण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा आयाेजना गरिएकाे थियाे।
वडा कमिटी अध्यक्ष झग्गु गाैतमकाे अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य मेनका पाेख्रेलकाे प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुलसा केसीकाे विशिष्ट आतिथ्यतामा श्रद्धाञ्जली सभा भएकाे थियाे ।
सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि पाेख्रेलले पञ्चायतकालमा आफुलाई आश्रय प्रदान गर्ने बस्नेत परिवार सदैव पार्टीप्रति निष्ठावान रहेकाे उल्लेख गर्नुभयाे । भूमिगत राजनीतिले पारिवारिक सम्बन्ध स्थापित गरेकाे भन्दै पाेख्रेलले पार्टी निर्माण र लाेकतन्त्र स्थापनामा बस्नेत परिवारले पुर्याएकाे याेगदान आफुले बिर्सन नसक्ने बताउनुभयो ।
श्रद्धाञ्जली सभाका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसा केसीले स्वर्गीय मित्रलाल बस्नेत विगतमा पार्टीप्रति सदैव प्रतिबद्ध रहि पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने गरेकाे उल्लेख गर्नुभयाे । स्वास्थ्य समस्याले लामाे समय कष्टकर जीवन बिताउनु भएका बस्नेतले पार्टीका विषयमा निकै चासो राख्ने र परिवारकाे सहायतामा वडाका सभामा समेत सहभागी हुने गरेकाे उल्लेख गर्नुभयाे ।
सभालाई नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, जिल्ला कमिटी सदस्य मानबहादुर बस्नेत, परिवारका तर्फबाट ठुलाे बुवा राेबरसिंह बस्नेतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
सभामा स्वर्गीय मित्रलाल बस्नेतका छाेरी ज्वाइँ प्रेम ओलीले अतिथिलगायत उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने सहजीकरण बालाराम पाैडेलले गर्नुभएकाे थियाे ।












