घोराही, ३० माघ । घोराही उपमहानगरपालिका वडा नं. १६ अन्तर्गत शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाले सामुदायिक स्वास्थ्य सुरक्षा बलियो बनाउन ‘नसर्ने रोगहरु तथा महामारी रोग नियन्त्रण’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

वडामा रहेका टोल विकास संस्था, विद्यालयका प्रमुख, वडाका जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी,  स्वयमसेविका, सरोकारवालालगायतको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अस्वस्थ जीवनशैली र खानपान परित्याग गरि शारीरिक व्यायामका साथै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिएको थियो । समाजमा छरपस्ट देखिने धुम्रपान, मध्यपान तथा जंक फुडका कारण बालबालिकामा समेत नकारात्मक प्रभाव पर्नुका साथै उनीहरुको स्वास्थ्यमा जटिल समस्याहरु देखापरेकाले हरेक व्यक्ति सचेत हुनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

वडा अध्यक्ष ताराबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमका प्रशिक्षकमा शहरी स्वास्थ्य केन्द्र घोराही ९ आन्द्राभरैयाका प्रमुख युवराज धिताल रहनुभएको थियो । प्रशिक्षक धितालले रोगहरु, रोगका प्रकार, रोग लाग्नुका कारण, बच्ने उपायलगायतका विषयमा सहभागीलाई प्रशिक्षित गर्नुभएको थियो ।

शहरी स्वास्थ्य केन्द्र करौंतीडाँडाकि सिनियर अनमी मन्जु बस्यालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण स्वास्थ्य केन्द्रका इन्चार्ज प्रकाश आचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा ३६ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस