घाेराही, ४ फाल्गुन । समाजमा शिष्टता आवश्यक रहेको घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीले बताउनुभयो । कतिपय समाजमा अराजकता देखिएकाले समाजमा शिष्टताको आवश्यकता रहेको उपप्रमुख डिसीले उल्लेख गर्नुभयो । घोराही उपमहानगरपालिका १० नारायणपुरस्थित एप्पल एकेडेमीको ९ औं वार्षिकोत्सब एवम् दीक्षान्त समोहमा बोल्दै उपप्रमुख डिसीले यस्तो बताउनुभएको थियो ।

कार्यक्रमकि प्रमुख अतिथि समेत रहनुभएकी डिसीले बालबालिकाहरुलाई घरबाटै असल शिक्षा दिनुपर्ने बताउनुभयो । बालबालिकालाई समयमै असल शिक्षा दिन नसक्दा भविष्यमा पछुताउनुपर्ने स्थिति सिर्जना हुने भएकाले उहाँले अभिभावकहरुलाई सजग गराउनुभयो ।

समाजमा देखिएका तिता यथार्थलाई प्रस्तुत गर्दै उपप्रमुख डिसीले कतिपय अभिभावकहरु आफू पनि मोबाइलमा व्यस्त रहने र आफ्ना बालबाच्चालाई पनि मोबाइल प्रयोगमा अधिक समय दिने गर्नाले बालकालिकामा परेका नकारात्मक प्रभावहरुले उनीहरु नियन्त्रण बाहिर रहेको उल्लेख गर्नुभयो । एप्पल एकेडमीको वार्षिकोत्सब समारोहमा पहिलो पटक आउँदा यहाँका शिक्षक र अभिभावकहरु बालबालिकाहरुको हेरविचार, खानपान, शिक्षालगायतका पक्षमा संवेदनशील भएर लागिपरेको उल्लेख गर्दै उपप्रमुख डिसीले प्रशंसा गर्नुभयो ।

महेन्द्र महुमुखी क्याम्पस घोराहीका प्राध्यापक भरत न्यौपानेको अध्यक्षतामा आयोजित वार्षिकोत्सब समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ जिल्ला प्याबसनका अध्यक्ष निर्मल न्यौपाने, प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वली, गुरुकुल एकेडेमी घोराहीका प्रिन्सिपल डा. कृष्णराज डिसिले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त वार्षिकोत्सब एवम् दीक्षान्त समारोहमा प्याब्सन दाङ जिल्ला सदस्य हरि पौडेल, नारायणपुर उद्योग वाणिज्यका उपाध्यक्ष बसन्त न्यौपाने, लायन्स क्लब अफ दाङ नारायणपुरका पूर्व अध्यक्ष एवम् जोन चियर पर्सन सरद गौतम, राष्ट्रिय लोदोहोरी गायक प्रेम शर्मालगायतको आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा विद्यार्थी र शिक्षकहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुलाई दीक्षित समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षकद्वय बन्दना बस्नेत र शर्मिला हमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस