असार ०३ । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमाथि इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने चेतावनी दिएको छ। इरान–इजरायलबीचको द्वन्द्व थप चर्किंदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षबाट कडा प्रतिक्रिया आएको हो। इरानले यस्तो आक्रमणलाई गम्भीर उक्साहटको संज्ञा दिँदै यसको प्रतिवादमा निर्णायक कारबाही गरिने चेतावनी दिएको छ।
यसैबीच, क्यानडामा चलिरहेको जी–सेभेन सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको समर्थन गरेका छन्। उनले इरानलाई वार्ताका लागि तयार हुन आग्रह गर्दै तेहरानमा रहेका अमेरिकी नागरिकहरूलाई तुरुन्त देश छाड्न अनुरोध समेत गरेका छन्।
इजरायली आक्रमणमा इरानमा ज्यान गुमाउनेको सङ्ख्या २०० भन्दा बढी पुगेको बताइएको छ।












