दाङ, साउन ९। दाङको तुलसीपुरबाट सल्यानका एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सल्यानको शारदा नगरपालिका–१३ निवासी ४० वर्षीय देवराज घर्ती रहेको उनकी पत्नी सबिता घर्तीले जानकारी दिएकी छन्।
सबिताका अनुसार, देवराज करिब १२ वर्षअघि रोजगारीका लागि विदेश गएका थिए। लामो समयसम्म परिवारसँग सम्पर्कमा नरहेका उनी गत मंसिर महिनामा अचानक दाङको तुलसीपुर आएको खबर पाएको उनले बताइन्।
तुलसीपुर आएपछि एक फेन्सी पसलमा काम गर्न थालेका देवराज त्यसपछि मंसिर महिनादेखि पुनः सम्पर्कविहीन भएको सबिताले जानकारी दिइन्। आफन्त तथा विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि उनले प्रहरीमा निवेदन दिएको बताइन्।
देवराजको खोजीका लागि सहयोगी जो कोहीले नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बर ९८२५१६७४३८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।












