अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

राति पनि मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ । गएराति सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस