दाङ, साउन २० । दाङको तुलसीपुरमा कुलोमा बगेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाकी २ वर्षीया सुस्मा बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुकी करिब ५ः३० बजेतिर सुदेश बस्नेतकी छोरी सुस्मा घरको आँगनमा खेल्दै गर्दा नजिकैको कुलोमा खसेकी थिइन्। कुलोले बगाइरहेको देखेपछि उनका बुबाले तत्काल उद्धार गरी बाहिर निकालेका थिए।

घाइते बालिकालाई प्रारम्भिक उपचारका लागि साँझ ६ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अवस्था गम्भीर भएकाले उनलाई बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा गएराति ९ः३५ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस