काठमाण्डाै, साउन २५ । एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते हुने गरी झडप भएको कैलाली कारागारभित्र सुरक्षाकर्मी प्रवेश गरेको छ । अस्ति शुक्रवार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते भएका थिए । मध्यराति भएको झडपपछि तत्कालै सुरक्षाकर्मी भित्र पसेर मृतकको शवसहित घाइतेहरूको उद्धार गरेकोमा त्यसपछि कैदीबन्दीले भित्रबाट ताल लगाएर सुरक्षाकर्मीले प्रवेश गर्न रोकेका थिए ।

आज बेलुकीपख नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

अहिले सुरक्षाकर्मीले भित्र खोजतलास र कैदीबन्दीको गणना गरिरहेका छन् ।  कारागारमा रहेका कैदीबन्दीको सङ्ख्यामा समेत अन्याेल सिर्जना भएकाले कैदीबन्दीको गणना थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस