घाेराही, साउन २८ । लोकगायिका बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ आज सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको यो गीतले अपलोड भएको छाेताे समयमै लाखाै दर्शकको ध्यानाकर्षण गराउनका साथै राम्राे भ्युज पाएको छ।

गीतको लय र शब्दप्रति दर्शकको उत्साह उच्च देखिएको छ। केही घण्टामै उल्लेख्य संख्यामा भ्युज पाएको यो गीतको प्रतिक्रिया सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको छ।

गत वर्षको तीजमा सार्वजनिक उनका गीतले २४ घण्टामा झण्डै ५ लाख भ्युज पाएको थियो भने यस वर्षको नयाँ गीतले सोही अवधिमा अझै बढी भ्युज पाउने सम्भावना रहेको दर्शकको अनुमान छ।

यस गीतमा बिष्णु माझीको सुमधुर स्वर, आधुनिक संगीत संयोजन र तीजको मौलिक भावनाले दर्शकलाई आकर्षित गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस