तस्बिर : सडक डिभिजन भरतपुर चितवन

काठमाण्डौ, भदाै १ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । गाडी र यात्रु रोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छ्याइएको छ । रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस