दाङ, भदौ ६ । लुम्बिनी प्रदेशलाई बिहीबार एक कार्यक्रमकाबीच ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश’ घोषणा गरिएको छ। यसअघि मधेस प्रदेश पहिलो घोषणा भएको थियो भने लुम्बिनी दोस्रो प्रदेश बनेको हो।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले डिजिटल ब्यानर क्लिक गरेर घोषणा गर्दै स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरे। उनले मातृशिशु मृत्युदर घटाउन र पोषण सुधारमा निरन्तर सहयोग आवश्यक रहेको बताए।
गत आर्थिक वर्षमा लुम्बिनीका १२ जिल्लामा करिब एक लाख ७० हजार बालबालिका पूर्ण खोप सेवाबाट लाभान्वित भएका थिए। हाल प्रदेशका ९४६ स्वास्थ्य संस्थामार्फत मासिक रूपमा करिब ३,३१० खोप सत्र सञ्चालन हुँदै आएका छन्।
राष्ट्रिय खोप समन्वय समितिले प्रमाणीकरण गरेपछि मात्र लुम्बिनीलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको हो।












