दाङ, भदौ ६ । प्रेस चौतारी नेपाल दाङ शाखाको आयोजनामा तथा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आज (शुक्रबार) घोराहीमा तीज पर्व तथा महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरूको उपस्थिती थियो ।

प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तीज पर्वको अवसरमा आयोजित कार्यक्रम शुक्रबार पत्रकार महासंघ दाङको भवनमा उत्सवका साथ सम्पन्न भएकाे थियो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शान्ता चौधरीले तीज पर्वले महिलाहरूबीच एकता, माया र आत्मबल बढाउने अवसर उपलब्ध गराउने बताउँदै समाजलाई सकारात्मक दिशातर्फ लैजान महिला सशक्तिकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष सुदर्शन ढकालले तीजजस्ता पर्वहरूले नेपाली समाजको सांस्कृतिक विविधता झल्काउने मात्र नभई नयाँ पुस्तालाई परम्परा र संस्कृतिबारे अभिमुख गराउने अवसर दिने धारणा राख्नुभयो।

कार्यक्रमका सहभागी वक्ताहरूले तीज पर्वलाई आडम्बर वा खर्चिलो बनाउनुभन्दा सरल, संस्कृतिप्रति आस्था राख्ने र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस