घोराही,भदाै ६ । घोराही उप-महानगरपालिकाले थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारी र तीजको अवसरमा स्थानीय सार्वजनिक विदा दिने घोषणा गरेको छ।

नगर कार्यपालिकाको १७७ औं बैठक (भाद्र २, २०८२) को निर्णय अनुसार, भाद्र ९ गते अट्वारी तथा तीज पर्वको अवसरमा घोराही उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा रहनेछ।

घोषणा अनुसार, सम्बन्धित सबै कार्यालय र विद्यालयले यो सूचना अनुसार कार्यसम्पादन गर्ने व्यवस्था मिलाइसक्नु भएको छ।

नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.ले यसबारे जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस