भरत वली

रोल्पा, भदौ ६ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको बैठक नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले यस भदौ महिनामा उपभोक्ता समिति गठन, सर्वेक्षण, अभिमुखिकरण तथा सम्झौता कार्यहरू समयमै सम्पन्न गर्ने निर्णय गरेको छ।

साथै बैठकले कर्मचारी इन्धन, सवारी साधन मर्मत तथा अन्य सुविधासम्बन्धी निर्देशिका २०८२ लाई स्वीकृत गरेको छ। बैठकले गाई–भैँसी पकेट विकास कार्यक्रम र लघु उद्यम तथा सीप विकास कार्यक्रमका लागि वडाहरू छनोट गर्ने निर्णय पनि गरेको छ।

बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस