देउखुरी, भदाै १४ । थारू समुदायको महान पर्व अट्वारीको अवसरमा देउखुरी क्षेत्रका चार स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् ।

शुक्रवार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भदौ १५ र १६ गते दुई दिन, भने राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भदौ १५ गते एक दिन सार्वजनिक बिदा रहनेछ ।

यस सम्बन्धमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल र राजपुर गाउँपालिकाका प्रशासकीय अधिकृत रमेन्तबहादुर डाँगीले छुट्टाछुट्टै सूचना जारी गर्दै आ–आफ्नो पालिकामा अट्वारी पर्वका लागि बिदा दिने जानकारी दिएका छन् ।

सूचनामार्फत संस्कृति र परम्पराको संरक्षणका नाममा हुने विकृति तथा अपसंस्कृति गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस