काठमाण्डौ, भदाै २० । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो ।

पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँ र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँ भन्दा दक्षिणतिर सरेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस