दाङ, २१ भदौ । दाङमा तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ३४ वर्षीय हिमराज खड्कासहितका व्यक्तिहरू रहेका छन्।

घोराही उपमहानगरपालिका–१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टमा शुक्रबार (भदौ २०) राति जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकासँग नगद एक लाख ६० हजार ९४० रुपैयाँ र १२ बुक तास बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस