काठमाण्डौ, असोज २ । यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४ जना हराइरहेका र आठ सय ६९ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० परिवार प्रभावित भएका छन् । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७७ जनाको ज्यान गएको छ ।

यस्तै बाढीमा २९ जनाको ज्यान गएको छ । २३ जना हराएका छन् । पहिरोमा परेर २४ जना र चट्याङ लागेर ३८ जनाको ज्यान गएको छ । आगलागीमा परी २३ जना र जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाएका छन् । १८ जनाको लेक लागेर ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस