अस्पतालले गरेको अध्ययनमा पाँच सय मध्ये चार सय ७० जनाको मिर्गौला समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको अस्पतालका युरोसर्जरी विभाग प्रमुख प्राध्यापक डा. रबिनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

समयमा परिक्षण गरेर रोग पहिचान नगर्दा जोगाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार मिगौला बिग्रिएका मध्ये ६५ प्रतिशत पत्थरीका बिरामी थिए । पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ । पिसाब थैलीमा पिसाब नआएर मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ ।

एउटा मिर्गौला फुल्लिए पनि अर्कोले काम गर्ने हुँदा बिरामीले थाहा नपाई मिर्गौला बिग्रिसक्ने जोखिम हुन्छ । १५ प्रतिशत जन्मजात बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र बाँकी अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।

पानी कम खानाले, मधुमेहका बिरामी, जाँडरक्सीका कारण मिर्गौला बिग्रने गर्दछ । दुखाई कम गर्ने औषधि आफूखुसी खाँदा पनि मिर्गाैला बिग्रने गर्दछ । दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गरेमा मिर्गौला बिग्रने जोखिम कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस