काठमाडौं, ६ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा सिफारिस भएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले असाधारण प्रतिक्रिया दिएका छन्। उनले आफूलाई ‘मन्त्री’ भन्नुभन्दा पनि ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई मन्त्रीमा सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पद र हैसियतको चमकभन्दा कामलाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिएका हुन्। पुनले आफ्नो पहिलो घोषणा नै बधाई र स्वागत नगर्नु भन्ने बताए। उनले लेखे, “मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला, खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।”

उनले थप लेखे– “मलाई कसैले मन्त्री नभन्नु होला। तर, कसैलाई भन्नै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।” आज पुनले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस