दाङ, ७ असाेज । लमही नगरपालिकाले अपाङ्ग भएका व्यक्तिहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले परिचयपत्र वितरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख योगीले अपाङ्ग व्यक्तिहरूको पहिचान, अधिकार र पहुँच सुनिश्चित गर्न परिचयपत्र वितरण गरिएको बताउनुभयो । उहाँले यसबाट नगरपालिकाले प्रदान गर्ने सुविधा तथा राज्यका सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।
परिचयपत्र प्राप्त गरेका अपाङ्ग व्यक्तिहरूले यसलाई आफ्नो अधिकार प्राप्तिको सकारात्मक कदम भन्दै खुशी व्यक्त गरेका छन् । लमही नगरपालिकाले यसअघि पनि सामाजिक समावेशीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।












