भरत वली
रोल्पा, ११ असोज । रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नगर क्षेत्रमा तोकिएको दरमा नघट्ने गरी कवाडी कर ठेक्का बन्दोबस्त गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।
नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित तोकिएका शर्तअनुसार निवेदन दिनुपर्ने जनाएको छ।
उक्त सूचना पहिलो पटक प्रकाशित भएको मितिबाट १६ औं दिन अर्थात २०८२ असोज २३ गते मध्यान्ह १२ बजेसम्म दरभाउपत्र फाराम पेश गर्न सकिने र सोही दिन दिउँसो २ बजे विभिन्न कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा खोलिने नगरपालिका कार्यालयले जनाएको छ।














