लमही, ११ असोज । लमही नगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण सरकारी सवारी साधन कार्यालयका कामकाजमा मात्र प्रयोग गर्न र इन्धन खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ।

नगरपालिकाले जारी गरेको सूचनामा कार्यालयको लगबुक अनिवार्य रूपमा अद्यावधिक गरी सवारी साधन प्रयोग गर्नुपर्ने र सार्वजनिक बिदाको दिनमा जिल्ला प्रशासन कार्यालय, दाङको अनुमति बिना सवारी साधन नचलाउन/नचलाउनुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

सार्वजनिक बिदाबाहेक अन्य निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न/नगराउनु नगर प्रमुखको निर्देशनानुसार सबै जनप्रतिनिधि र कर्मचारीलाई अनुरोध गरिएको छ।

नगरपालिकाले उल्लिखित मापदण्ड पालना नगरेमा सवारी साधन प्रयोगकर्ता स्वयं जिम्मेवार हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस