विमल याेगी
दाङ, १ माघ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पाेख्रेलले नेपाली कांग्रेसलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । लाेकतन्त्रमा दलहरू फुट्नु भन्दा जुट्दा फाईदा हुने भन्दै उहाले कांग्रेसमा देखिएकाे विवादले लाेकतन्त्रमा गम्भीर असर पुग्ने बताउनुभयाे ।
प्रेस चाैतारी दाङले घाेराहीमा आयाेजना गरेकाे पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बाेल्दै महासचिव पाेख्रेलले रवि लामिछानेकाे मुद्दा फिर्ता लिने जस्ता गतिविधिले सरकार कहाँबाट सञ्चालित हुँदै छ भन्ने प्रश्न उठेकाे भन्दै यस्ता गतिविधिले निर्वाचनको वातावरण बिगार्ने बताउनुभयाे । समाजमा अहिले पनि शान्ति सुरक्षाकाे प्रत्याभूति हुन नसकेकाे भन्दै उहाले लुटिएको हतियार संकलन,भगाइएकाे कैदि फिर्ता, प्रहरीकाे मनाेबल बढाउने काममा सरकार तल्लिन हुनुपर्ने बताउनुभयाे ।
प्रेस चाैतारी दाङका अध्यक्ष सुदासुमन ढकालकाे अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पाेख्रेलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नेकपा एमालेकाे ११ ओै महाधिवेशनवाट निर्वाचित महासचिव लगायत केन्द्रीय सदस्यलाई बधाई दिइएको थियाे ।
प्रेस चाैतारी दाङका उपाध्यक्ष विमल याेगीकाे स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमकाे सञ्चालन सचिव निमुसंगम घर्तिले गर्नुभएको थियाे ।












