दाङ, ६ माघ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १० की छात्रा अदिति केसी प्रथम हुनुभएको छ ।

संघका संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९८ औं जयन्तीका अवसरमा आयोजित ‘नेपालमा अपांगताको अवस्था र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोर्खा मावि घोराहीकी कक्षा ११ की छात्रा सुप्रिया शर्मा दोस्रो हुनुभएको छ ।

यसैगरी माउण्टभ्यू बोर्डिङ स्कुल घोराहीकी छात्रा सलिना पौडेल तेस्रो र गुरुकुल एकेडेमी घोराहीकी छात्रा यशु बुढाथोकी सान्त्वना भएका छन् । प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार नगद् तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघका सभापति रुपा वलीको अध्यक्षता र घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घोराही १४ का वडाध्यक्ष भानसिं बुढाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघकी सदस्य पार्वती रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण उपसभापति निशान्त आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस