घोराही, १५ माघ । नारायणपुर क्षेत्रस्तरीय निजी तथा संस्थागत विद्यालय संगठनले बिहीबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता पशुपति विद्याश्रम र उपविजेताको उपाधि मोडेल इङ्लिस बोर्डिङ स्कूलले हासिल गरेका छन् ।

एक दर्जन निजी तथा संस्थागत विद्यालय सहभागी रहेको अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा ग्रेट बुद्ध एकेडेमी तृतीय र युनिक मिड वेस्ट एकेडेमीले सान्त्वना स्थान हासिल गरेका थिए । विजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष सूर्य रावतले ट्रफी, प्रमाणपत्र र पुस्तकले पुरस्कृत गर्नुभएको थियो ।

यस अघि सम्पन्न उद्घाटन सत्रका प्रमुख अतिथि प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीले नारायणपुर क्षेत्रका निजी विद्यालयहरुको एकता र व्यवस्थापन अत्यन्त लोभलाग्दो रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष दीपक पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासका टेवा पुर्याउने बताउनुभयो । कार्यक्रमको सञ्चालन सन्दिप शाहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस