oplus_2

घाेराही, २३ माघ। सामाजिक अध्ययन विषयका शिक्षकहरुका लागि एकदिने अभिमुखिकरण तालिम शुक्रबार सम्पन्न भएकाे छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजना तथा अस्मिता पब्लिकेशनकाे प्रायाेजनमा माध्यामिक तहमा सामाजिक अध्ययन विषय अध्यापन गर्ने शिक्षकहरुका लागि तालिम प्रदान गरिएकाे थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका कार्यवाहक अध्यक्ष मानसिङ घर्तीकाे अध्यक्षता एवम् प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापाकाे प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएकाे थियाे । तालिममा सामाजिक विषयका शिक्षकहरुलाई सक्षमतामा आधारित पाठ्यक्रम, सामाजिक अध्ययनमा प्रयाेग गरिने विधिहरु, कक्षाकाेठामा बहुबुद्धिमतामा आधारित सिकाइ, आन्तरिक तथा बाह्य मुल्यांकन, प्रश्नपत्र निर्माण लगायतका विषयवस्तुहरुमा प्रशिक्षित गरिएकाे थियाे । प्याब्सन घाेराहीमा आवद्ध निजी विद्यालयका ४२ जना सामाजिक अध्ययन विषयका शिक्षकहरुकाे सहभागिता रहेकाे तालिमका प्रशिक्षकमा सामाजिक अध्ययन विषयका लेखक युवराज गाैतम रहनुभएकाे थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका सदस्य खुम बहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे तालिमकाे सहजीकरण प्याब्सन घाेराहीका सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस