घाेराही, २३ माघ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा वक्तृत्वकला र हिसाब दाैड प्रतियोगिता सम्पन्न भएकाछन् ।

शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि हिसाब दाैड र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएकाे थियाे ।

विद्यार्थीहरूको गणितीय क्षमता, तार्किक सोच र अभिव्यक्ति कलाको विकास गर्ने उद्देश्यले शुक्रबारको नियमित सहपाठ्यक्रम कार्यक्रम अन्तर्गत प्रतियोगिताहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

हिसाब दौड प्रतियोगिता अन्तर्गत कक्षा १ तर्फ रिदम योगी प्रथम, नविता कालाथोकी द्वितीय र स्वस्तिक झाँक्री तृतीय भएकाछन् । यसैगरी कक्षा २ र ३ तर्फ कक्षा ३ का एलिसा केसी प्रथम, शिखा ओली र शिक्षा आचार्य तृतीय भएकाछन् भने कक्षा ४ र ५ तर्फकाे प्रतिस्पर्धामा कक्षा ४ की कविता राना प्रथम, कक्षा ५ की सुविज्ञा ओली द्वितीय र साेही कक्षाकी प्रिन्सा ओली तृतीय भएकाछन् ।

कक्षा ६ देखि ९ सम्म सञ्चालन गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की श्रृया पुन प्रथम, कक्षा ६ की उन्नति केसी द्वितीय र साेही कक्षाकी शिखा पोखरेल तृतीय भएकाछन् ।

प्रतियोगिता समापनका अवसरमा विजयी छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस