oplus_2

घाेराही, १ फाल्गुन । घाेराही उपमहानगरपालिका ५ नैनवारमा सञ्चालित क्यासपियन एकेडेमीले १५ औं वार्षिकोत्सव मनाएकाे छ। वि.सं. २०६७ सालमा स्थापना भएकाे क्यासपियन एकेडेमीले विविध कार्यक्रम गरि १५ औं वार्षिकोत्सव भव्यरुपमा मनाएकाे हाे।

विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्द्र बहादुुर खड्काकाे अध्यक्षता एवम् प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यता तथा प्याब्सन घाेराही नगर कमिटीका सचिव विमल भण्डारीकाे विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे ।

वार्षिकोत्सवलाई सम्बाेधन गर्दै प्रमुख अतिथि विरेन्द्र चन्दले वर्तमानकाे मेहनत र संघर्षले सुन्दर भविष्यकाे निर्माण हुने बताउनुभयाे । उहाँले विद्यार्थीकाे भविष्य निर्माणका लागि विद्यालय र अभिभावकका बीचमा सामजस्यपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा पनि जाेड दिनुभयाे । विशिष्ट अतिथि विमल भण्डारीले विद्यालयले ग्रामीण क्षेत्रमा रहेर पनि शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउनुभयाे ।

उक्त अवसरमा प्याब्सन घाेराही नगर कमिटीका सदस्य महेश बस्नेत, घाेराही ५ का वडा सदस्य माया नेपाली, अस्थायी प्रहरी पाेष्ट दलजितपुरका प्रमुख साेमराज हमाल, हाइलाइट बाेर्डिङ स्कुलका प्रिन्सिपल कुमार नेपाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियाे ।

वार्षिकोत्सव समाराेहमा विद्यालयका प्रिन्सिपल भरत बस्नेतले विद्यालयका शैक्षिक र भाैतिक गतिविधि तथा आगामी याेजनाका बारेमा धारणा व्यक्त गर्नुभयाे । साे अवसरमा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले सञ्चालन गरेकाे खेलकुद सप्ताहका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे । खेलकुद सप्ताहका अवसरमा विद्यार्थी र अभिभावकहरुका लागि विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिएकाे विद्यालयका प्रिन्सिपल भरत बस्नेतले जानकारी दिनुभयाे ।

विद्यालयका क्याप्टेन केशव डाँगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे वार्षिकोत्सव समाराेहकाे सहजीकरण शिक्षक सुरेश भट्टराईले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस