oplus_2

घाेराही, २ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले आयाेजना गरेकाे कक्षा ९ र १० काे वक्तृत्वकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी र कक्षा ११ र १२ काे निबन्ध प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाछन् ।

घाेराही उपमहानगरपालिका १८ बालुवाटार स्थित राप्ती सेकेन्डरी बाेर्डिङ स्कुलमा आयाेजित वक्तृत्वकला प्रतियोगितामा ज्ञानमाला एकेडेमीकी छात्रा अदिति केसी प्रथम भएकी हुन् । उक्त प्रतियाेगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सीका पाेख्रेल द्वितीय, मनकामना इङ्लिश सेकेन्डरी स्कुलकी सविना तामाङ तृतीय र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका अभिषेक बुढा मगर सान्त्वना भएकाछन् ।

यसैगरी, कक्षा ११ र १२ का लागि आयाेजित निबन्ध प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलकी दिपा बुढा मगर प्रथम, जनज्योति विद्यामन्दिरकी सुनिशा शर्मा द्वितीय, गुरुकुल एकेडेमीकी सिम्रण याेगी तृतीय र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलकी पार्वती रेउलेले सान्त्वना भएका थिए ।

प्याब्सन घाेराही नगर कमिटी अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका सल्लाहकार जीवन आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय उपाध्यक्ष दिपक शर्मा समीर, नेपाल संस्कृत विश्व विद्यालयका उपप्राध्यापक राजेन्द्र गाैतम लगायतले मन्तव्य राख्नुभएको थियाे ।

‘डिजिटल युगमा विद्यार्थीकाे जिम्मेवारी’ शिर्षकमा भएकाे वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा दिपक शर्मा समीर, शारदा शर्मा र शरद गाैतम रहनुभएकाे थियाे । यसैगरी ‘आत्मनिर्भर नेपाल: सम्भावना र चुनाैती’ विषयक निबन्ध प्रतियोगिताकाे निर्णायकमा राजेन्द्र गाैतम, सन्ध्या रेग्मी र धानसिंह गिरी रहनुभएकाे थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस