घाेराही, ७ फाल्गुन । घाेराही उपमहानगरपालिका ४ गाेग्ली स्थित डिभाइन एकेडेमीले १८ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दाेवेन्द्र चाैधरीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे ।
१८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले विद्यार्थी तथा अभिभावकहरुका लागि आयाेजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे । उक्त अवसरमा विभिन्न विधाका वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफिसहित सम्मान गरिएकाे थियाे ।

डिभाइन वर्ष उत्कृष्ट विद्यार्थी २०८२ बाट कक्षा दशकी छात्रा सजना थापा सम्मानित हुनुभएको छ। यसैगरी उत्कृष्ट कक्षाकाे उपाधि कक्षा १० ले हात पारेकाे छ। सरसफाइतर्फ कक्षा नर्सरीका आयान बुढा, एलकेजीका तृष्ण राना, युकेजीका एलिजिना थापा, कक्षा एकदेखि पाँचसम्मतर्फ अंकिता केसी, कक्षा छदेखि दससम्म सिर्जना बस्नेतले उपाधि हात पारेका छन् ।
यसैैगरी अनुशासन विधामा कक्षा एकदेखि पाँचसम्म दिया थापा र कक्षा छदेखि दससम्म विपना चाैधरीले वर्ष उत्कृष्टकाे उपाधि हात पारेका छन् । वर्ष उत्कृष्ट क्याप्टेनकाे उपाधि कक्षा एकदेखि पाँचसम्म इशानी बस्नेत र छदेखि दससम्म प्रतिज्ञा नेपालीले हात पारेका छन् । नियमित उपस्थित विधामा साेनिशा न्याैपानेले वर्ष उत्कृष्टकाे उपाधि लिएकी छिन। फुटबलतर्फ बेस्ट प्लेयर अवार्ड इश्वर ओलीलाई र भलिबलतर्फ शरद सुनारलाई प्रदान गरिएकाे छ।

विद्यालयकी शिक्षिका पवित्रा श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द, विद्यार्थीहरु ऐश्वर्या पाैडेल, कृजल रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । वार्षिकोत्सव समाराेहमा प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्ती, सचिव विमल भण्डारी, काेषाध्यक्ष चित्र बहादुर घर्ती, जिल्ला सदस्य विष्णु हमाल, नगर सदस्य महेश बस्नेत, किरण न्याैपाने, हरि डिसी, टाेपबहादुर ओली तथा अभिभावकहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियाे।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले विज्ञान परियाेजना कार्यकाे प्रदर्शनी गरेका थिए। कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरुले बेग्लाबेग्लै विभिन्न संस्कृति झल्किने र राष्ट्रियताका भाव बाेकेका नृत्यहरु प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सब समाराेहकाे सहजिकरण शिक्षकद्वय बाेधिकिरण पाण्डे र तारा भट्टराईले गर्नुभएकाे थियाे ।












