Oplus_131072

घोराही, ८ फागुन । ज्ञानज्योति एजुकेशनल एकेडेमी घोराही–१३ डुमरगाउँमा बिहीबार दोस्रो किड्स ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका महिला सदस्य पार्वता थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

विद्यार्थी र अभिभावकहरुकाे उल्लेख्य सहभागीता रहेकाे ओलम्पियाडमा विद्यालयका स-साना बालबालिकाहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गरेका थिए । साे अवसरमा बालबालिकाहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

ओलम्पियाडकाे उद्घाटन समाराेहमा बाेल्ने वक्ताहरुले बालबालिकाहरुको अतिरिक्त क्षमताको विकास भएको बताएका थिए। कार्यक्रममा अतिथिहरु शिला वली, स्मृति बाँठा, पन्चमाया बिसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षक सुशीला महरा स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन प्रकाश सुनार र विष्णु घर्तीले गर्नुभएको थियो ।

यसैबीच विद्यालयले १६ औं वार्षिकोत्सका अवसरमा खेलकुद सप्ताहकाे शुभारम्भ गरेकाे छ। आज शुक्रबारदेखि विभिन्न विधामा खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्न लागेकाे विद्यालयका कार्यक्रम संयाेजक नवीन आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस