गोकर्ण पौडेल

दाङमा माडी र शारदा सपनाले पटक पटक उल्झनमा पारिरह्यो जसरी एउटा मृगले आफूमा रहेको कस्तुरीको सुगन्ध लिएर वनभरि दौडन्छ । जसबाट सम्भव छ – दाङ उपत्यका मरुभूमीकरणको अन्त्य हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ” गौतमले दाङ जिल्ला विकास समितिको ढोकामा उभिएर पानी मुहान संरक्षणमा सबैको ध्यान खिचेका थिए ।

गौतमले शङ्का गरे जस्तै परिस्थिति त्यस्तै बन्दै गयो । उनले जिल्लाका विभिन्न ठाँउमा पानी बचाउनका लागि ढुङ्गामा कुदेका शब्द आज पनि जीवित, हाम्रो नेतृत्व करिब दुई दशकसम्म त्यसरी दौडिरह्यो । आज आफूमा रहेको कस्तुरीको बिना थाहा पाएको छ, तर त्यो बिना झिक्नका लागि ऊसँग पर्याप्त सामल छैन । विश्वमा तेस्रो युद्ध हुनेछ, त्यो पानीकै कारण भनिरहेछन् । आज त्यही पानी विवादका कारण कयन व्यक्तिको अनाहकमा ज्यान गुमाउनु परिरहेको तीतो यर्थाथ हामीसँग छ ।

एक महिना अघि गणेश गङ्गामा माघ स्नानका लागि प्रयास थालौ भनियो तर घोराही तुलसीपुर सडकखण्डको बीचमा रहेको ग्वार खोलामा पानी कात्तिक महिना यता बगेको थिएन । जब खोलामा पानी बगेको देखिएन भने स्नान गर्न को आउला ? हामीमा प्रश्न उब्जियो । एक दिन भएपनि खोलामा पानी बगाएर देखायौ अनि स्नान गराउँला ? तर यो निकै जटिल काम रहेछ । गहुँ,तोरी, मसुरोमा सिचाई गर्नका लागि आफ्नोभन्दा माथिल्लो सिँचाई कुलाका समितिलाई शुल्क तिरे मात्रै पर्याप्त पानी आफ्नो सिचाई कुलोमा हाल्न पाउँदा रहेछन् । त्यो पनि रातभर जाग्राम बसेर । १५/१६ जना महिला रातभर पानीका लागि खुल्ला आकाशमुनी जाग्राम बस्नुभएको छ । हामीलाई थोरै पानी दिनुहोस् भन्दा जो रातभर जाग्राम बस्नुभएको थियो उहाँहरुले निकै आक्रोस पाख्नुभयो । अनि हामी मौन रह्यो । त्यहाँबाट केही नभनी हिड्यौ ।

गणेश गङ्गाको पानी सिचाईका लागि यो दुःख छ । आज दाङ उपत्यकाभित्र भएर बग्ने सबैभन्दा ठुलो खोला सिचाई प्रणालीको पुस महिनामै यो अवस्था कसरी आयो ? यसको दीर्घकालीन समाधान छैन ? के पानी सिचाई गर्नका लागि शुल्क नै तिर्नुपर्ने बाध्यता कसरी आयो ? के गणेश गङ्गा बृहत जलाशय सम्भव छैन ? किन छैन ? जब राप्ती नदी बाँधेर सिक्टा सिचाई आयोजनामार्फत् बाँके र बर्दिया सिचाई हुन्छ भने दाङको गणेश गङ्गा (ग्वार खोला)मा बृहत् जलाशय निर्माण गरेर दाङ उपत्यकालाई बाह्रै महिना पर्याप्त सिचाई सुविधा त पुर्‍याउन सकिन्छ नै । त्यसका लागि एक कुशल नेतृत्वको सम्भव छ । जसले यसका लागि सपना देखेको छ , उसका लागि हामीले सार्थकता दिन किन कन्जुस गरिरहेका छौँ ? प्रश्न हामीसँगै छ । अब शारदाको पानी वा माडीको पानी हैन हामीलाई हाम्रै बगिरहेका खोला गणेश गङ्गा (ग्वारखोला), पत्रे, सङ्क्राम, चौवा, भमके, च्याटी, सेवार, हापुरलगायतका खोलालाई उत्तरीतर्फ बृहत जलाशय बनाएर बाह्रै महिना सिचाई सुविधा पुर्‍याउन सकिन्छ ।

एक वर्ष अघि मात्रै ग्वार खोलामा जलाशय निर्माणका लागि एक विज्ञ टोलीसँग एक दिन सम्बन्धित स्थलमै घुम्ने अवसर प्राप्त भएको थियो । ग्वार खोलाको रोल्पा क्षेत्रमा तीन ठाँउ र दाङ जिल्लामा दुई ठाँउमा जलाशय बनाउने ठाँउमा विषयमा अवलोकन गरिएको थियो । करिब एक सय पचास मिटर अग्लो रहने यो जलाशय निर्माणका लागि करिब दश अर्ब बजेट आवश्यक पर्ने र यस जम्मा गरिएको पानी करिब दश हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाई सुविधा पुर्‍याउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बृहत ग्वार खोला जलाशयबाट जल पर्यटन, सिचाई, खानेपानी, विद्युत उत्पादनलगायतका क्षेत्रमा फाइदा हुन्छन् नै । ग्वार खोला जलाशय निर्माणले जल पर्यटन, सिँचाइ, खानेपानी र विद्युत उत्पादनजस्ता प्रत्यक्ष फाइदाहरू त दिन्छ नै, यसका दीर्घकालीन सकारात्मक प्रभावहरू अझ व्यापक र बहुआयामिक छन् । यस्तो बहुउद्देश्यीय जलाशयले स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहसम्म सामाजिक–आर्थिक रूपान्तरणको आधार तयार पार्दछ । नेपालमा आउने पर्यटकहरुमध्ये बीस प्रतिशत त जल पर्यटनका लागि आउने रहेछन् ।

सबैभन्दा पहिले, जलाशयले बाढी नियन्त्रण र नदी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दछ । वर्षायाममा ग्वार खोलामा आउने आकस्मिक बाढीलाई जलाशयले नियन्त्रण गरी तल्लो तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन र पूर्वाधारलाई क्षति हुनबाट जोगाउँछ । यसले दीर्घकालमा प्राकृतिक प्रकोपबाट हुने आर्थिक नोक्सानी घटाउन सहयोग पुर्याउँछ । स्थानीय अर्थतन्त्र सुदृढीकरणमा जलाशयको योगदान उल्लेखनीय हुन्छ । ढुंगा, बालुवा र गिट्टी जथाभावी बगेर जाने सट्टा जलाशयमा थुप्रिने भएकाले वैज्ञानिक रूपमा सङ्कलन गरी बिक्री गर्न सकिन्छ। यसबाट स्थानीय तहलाई वार्षिक रूपमा लाखौँ रुपैयाँ राजस्व प्राप्त हुन सक्छ, साथै स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना हुन्छन्। अवैध उत्खनन नियन्त्रण भई वातावरणीय सन्तुलन पनि कायम रहन्छ। कृषि उत्पादन र खाद्य सुरक्षामा दीर्घकालीन प्रभाव पर्छ।

नियमित सिँचाइ सुविधा उपलब्ध भएपछि परम्परागत वर्षामा निर्भर खेती प्रणाली व्यावसायिक र बहु–बाली प्रणालीमा रूपान्तरण हुन्छ। यसले उत्पादन वृद्धि, किसानको आय अभिवृद्धि र क्षेत्रीय खाद्य आत्मनिर्भरतामा टेवा पु¥याउँछ । साथै ग्वार खोलाका दुवैतर्फ तटबन्ध गर्दा आउने जमिनबाट फलफूल,घाँसे बिरुवा, काठजन्य बिरुवाका साथै तरकारी खेती गर्न सकिन्छ । तट क्षेत्रमा बालुवा बढी हुने क्षेत्र भएकाले तरुल,गन्जी,खर्बुजा जस्ता खेती गरेर मनग्य आम्दाली लिन सकिन्छ । जल पर्यटन र सहायक व्यवसायको विकास जलाशयको अर्को महत्वपूर्ण दीर्घकालीन फाइदा हो । डुंगा विहार, माछापालन, ताल वरपर होमस्टे, होटल तथा मनोरञ्जन गतिविधि विकास भई पर्यटन केन्द्रका रूपमा क्षेत्र चिनिन सक्छ। यसले स्थानीय संस्कृति, कला र उत्पादनको प्रवद्र्धन गर्दै आम्दानीका नयाँ स्रोत खोल्दछ। पारिस्थितिक सन्तुलन र वातावरणीय संरक्षणमा योगदान पुग्दछ। जलाशयले भू–जल पुनर्भरण, हरियाली वृद्धि र जैविक विविधता संरक्षणमा सहयोग पुर्याउँछ।

योजनाबद्ध रूपमा निर्माण र सञ्चालन गरिएमा यसले जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणमा समेत भूमिका खेल्न सक्छ । समग्रमा, ग्वार खोला बृहत जलाशय निर्माण केवल पानी संकलन गर्ने परियोजना मात्र नभई समग्र क्षेत्रीय विकासको मेरुदण्ड बन्न सक्छ । दीर्घकालीन सोच, वैज्ञानिक व्यवस्थापन र स्थानीय सहभागितासहित यो आयोजना कार्यान्वयन भएमा यसले पुस्तौँसम्म लाभ दिने दिगो विकासको नमुना प्रस्तुत गर्नेछ । जो निर्माणका लागि एक कुशल नेतृत्वको आवश्यकता पर्दछ । जाे काम शङ्कर पाेखरेलबाट मात्र सम्भव छ । मरूभुमीकरण राेज्ने कि सिञ्चित भूमि । चेतना जाग्न्या भया ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस