oplus_2

घाेराही, १५ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा कक्षा १ देखि ३ सम्मकाे अंग्रेजी हिज्जे र कक्षा ६ देखि ८ सम्मकाे वर्ड शफल प्रतियाेगिताहरु सम्पन्न भएकाछन् ।

प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् जिल्ला अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताहरु सम्पन्न भएका हुन् । कक्षा ३ सम्मकाे अंग्रेजी हिज्जे प्रतियोगितामा गुरुकुल एकेडेमीका आरभ मैनाली, आकृति बिसी र सद्भाव रसाइली प्रथम भएकाछन् । उक्त प्रतियोगितामा ज्याेतीपुञ्ज आमाविका अमिस खनाल, आदर्शिखा आचार्य र सर्विन पाैडेल द्वितीय भएकाछन् । त्यसैगरी मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका डेनिशा केसी, सुर्मित चाैधरी र प्रख्यात कुवर तृतीय भएकाछन् भने गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका जिन्मी पुन मगर, प्रनिल केसी र लियाना बुढा मगर सान्त्वना भएकाछन् ।
कक्षा ८ सम्मका विद्यार्थीका लागि आयाेजित वर्ड शफल प्रतियोगितामा सिद्धार्थ एकेडेमीका हिमान्शु घिमिरे, कृन्शु खनाल ओजस्वी भट्ट प्रथम भएकाछन् । यसैगरी मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका विपुल यादव, युनिक पाेख्रेल र चेतना सुनार द्वितीय भएकाछन् भने जनज्योति विद्यामन्दिरका कबिर चाैधरी, तपश बुढा र बैजयन्ती थापा तृतीय भएकाछन् । उक्त प्रतियाेगितामा गुरुकुल एकेडेमीका सर्वश्री केसी, आयान श्रेष्ठ र रिशव डाँगी सान्त्वना भएकाछन् ।
गणतन्त्र दिवसका अवसरमा प्याब्सन घाेराहीले मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल रतनपुरमा आयाेजना गरेकाे प्रतियोगितामा ३९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताकाे उद्घाटन सत्रमा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, तालिम निर्देशक एवम् मेचीकाली बाेर्डिङ स्कुलका प्रिन्सिपल चक्र बहादुर रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बिमल भण्डारी र सहसचिव सन्दिप शाहले गर्नुभएकाे थियाे । हिज्जे प्रतियोगिताकाे फाइनल चरणकाे सहजीकरण प्याब्सन दाङका सदस्य हरि पाैडेलले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस