घोराही, ४ वैशाख । दाङका जनप्रतिनिधिहरुले जिल्लाको समग्र विकास गर्न प्राथमिकताका आधारमा योजना तथा कार्यक्रमको तय गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले मंगलबार घोराहीमा आयोजना गरेको ‘दाङको समृद्धिका लागि दूरदर्शी योजना’ विषक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले आवस्यकता र प्राथमिकताको आधारमा विकासका कामहरु अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
दाङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीय तहका प्रमुखहरुले पहिचान र प्राथमिकताका आधारमा अबको विकास गरिने बताएका छन् । सांसद तथा स्थानीय तहका प्रमुखहरुले विकास गर्नुपर्ने क्षेत्रको पहिचान गरेर साझा विकासको अवधारणबाट अघि बढ्ने बताए ।
जनतासँग गरेका वाचा र विकासका आवस्यकतालाई केन्द्रमा राखेर आफूहरुले नीति कार्यक्रम बनाउने जनप्रतिनिधिहरुको भनाइ छ । दाङलाई सबै विषयगत क्षेत्रको हबका रुपमा विकास गर्न सकिने भन्दै उनीहरुले एकीकृत विकासका लागि साझा सोच आवस्यक रहेको बताएका छन् ।
स्थानीय तहका प्रमुखहरुले केन्द्रबाट आएका योजनाहरु अहिले पनि अलपत्र रहेको भन्दै गुनासो गरेका छन् । केन्द्रीय योजनाका फाइलहरु मन्त्रालयमै अलपत्र पर्नु र जिल्लामा शिक्षक दरवन्दी मिलान समेत गर्न नसक्नुले जनताले प्रश्न उठाएको गुनासो गरेका हुन् ।
केन्द्र सरकारले बजेट नपठाउँदा सडक, पुल लगायका भौतिक संरचनाहरुका काम अलपत्र अवस्थामा रहने र स्थानीय सरकारका प्रमुखहरुले गाली खानुपरेको धारणा राखेका छन् । अब आवस्यकतामा आधारित नीति कार्यक्रम आवस्यक रहेको भन्दै प्राथमिकता निर्धारण गर्दा विषेश ध्यान दिनुपर्नेमा आफूहरु समेत रहेको बताएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस