घोराही, १३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा योगाहलको शिलान्यास गरिएको छ । उपमहानगरका प्रमुख नरुलाल चौधरीले योगाहलको शिलान्यास गर्नुभएको हो । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको ३० लाख रुपैयाँको लागतमा योगाहल निर्माण गर्न थालिएको हो ।
एउटा हल, दुईवटा शौचालय र एउटा स्टोर कोठासहितको भवन निर्माणको काम यही चालु आर्थिक वर्षभित्रै सक्ने योजना रहेको योगाहल निर्माण उपभोक्ता समितिका अध्यक्ष जयन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।
योगाहल ७ मिटर चौडाई र १८ मिटर ३६ सेन्टिमिटर लम्बाईको बन्ने भएको छ । योगाहलमा फिजियो थेरापीसहितको योगाभ्यास रहने २ नम्बरका वडा अध्यक्ष केशबराज आचार्यले जानकारी दिनुभयो ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख नरुलाल चौधरीले स्वस्थ भए मात्रै समाजको विकास हुने बताउनुभयो । थोरै लगानीमा पनि स्वास्थ्यलाई सन्तुलनमा राख्न सकिने भएकाले नियमित योगाभ्यास, स्वास्थ्य जाँच र खानपानमा ध्यान दिन समेत नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस