घोराही, ११ साउन । घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरुले सामुहिक हत्याकाण्डका मृतकहरुको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन ।

घटनास्थलमा जम्मा भएका पीडितहरुले पटक–पटक आग्रह गर्दा पनि स्थानीय प्रशासन, उपमहानगरपालिका, राजनीतिक दललगायत सरोकारवालाहरुसमेतले व्यवास्था गरेको भन्दै आफन्त मारिएको ठाउँमा ऐतिहासिक घटनास्थल संरक्षण गर्न घटना मिति उल्लेखित व्यानर गाडेको द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिनुभयो । वर्गद्दिमा धान दाँइरहेका बेला ०५८ मंसिर १३ गते स्थानीय ११ जना किसानहरुलाई तत्कालिन विद्रोही माओवादीका नाममा सेनाले गोली हानेर एकै ठाउँमा हत्या गरेको थियो ।आफन्त मारिए पनि उनीहरुको सम्झनामा घटनास्थलमा स्मारक बनाउनुपर्छ भन्ने हाम्रो माग हो द्वन्द्वपीडित भौनी चौधरीले भन्नुभयो,– घटनास्थललाई प्लटिङ गरेर विक्रि गर्ने काम भएको छ, हामीलाई यो जमिन चाहिन्छ । यो ऐतिहासिक स्थलको संरक्षण गर्न व्यानर गाडेका छौं । उनीहरुले द्वन्द्वकालमा भएका घटना विर्साउन र आफन्तलाई सम्झिन पनि स्मारक बनाउनु पर्ने माग गरेका छन । स्थानीय कृष्ण रेग्मीको नाममा रहेको उक्त जमिन तत्कालिन माओवादीकै नेता, कार्यकर्ताहरुले सस्तोमा खरिद गरेर घर घडेरीमा विक्रि गरेको पीडितहरुको आरोप छ । घटनास्थल अहिले कस्को नाममा छ हामीलाई थाहा छैन, तर यो ठाउँ हाम्रा मान्छेहरुको रगतले भिजेको छ द्वन्द्वपीडित दिव्या चौधरीले भन्नुभयो– यो ठाउँमा स्मारक बनाइएन भने हाम्रा सन्तानले पुर्खा मारिएको ठाउँ खोज्दा के देखाउने ?

जग्गा प्लटिङ गर्नेहरुले वर्गद्दिका ११ जना पीडित परिवारलाई १२ हातका एक/एक वटा घडेरी घटनास्थल भन्दा अन्यत्रै पास गरिदिएपनि घटनास्थलमै स्मारक बनाउनुपर्ने पीडितहरुको माग छ । उक्त घटनामा वर्गद्दिका खुशीराम चौधरी, जगमान चौधरी, प्रसादु चौधरी, रामु चौधरी, रुपलाल चौधरी, जोगी चौधरी, सितलाल चौधरी, कृष्ण चौधरी, आशाराम चौधरी, सोङग्रा चौधरी र रितमान चौधरी गरी ११ जनाको एकै चिहान पारिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस