दिप्तीशिखा चौधरी
तुलसीपुर, १६ कार्तिक । दंगीशरण गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले वार्षिक समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७४/०७५ मा गरिएका कार्यक्रमहरुको समीक्षा गरेको हो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिष्णुबहादुर क्षेत्रीले स्वास्थ्यसँग जोडिएका पोषण कार्यक्रम, मलेरिया, नसर्ने रोग, सर्ने रोग, झाडापखाला, निःशुल्क औषधि बितरण कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । गतवर्ष भएका उपलब्धिमूलक कार्य भएको समेत बताउनुभएको थियो ।

दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रशासकीय अधिकृत मार्सलकुमार वलीले सुझाव दिनुभएको थियो । समीक्षात्मक कार्यक्रममा हेकुली, गोल्टाकुरी, प्राथमिक स्वास्थ्य केन्द्र बागर तथा स्वास्थ्य शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस