दाङ, २८ कार्तिक । छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो ब्रत तोडेका छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ ।

सूर्यको पूजा र उपासनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

मंगलबार दिनभर निराहार ब्रत बसी रातभर जाग्राम बसेका ब्रतालुले बुधबार बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि मात्रै छठको समापन हुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस