घोराही, २५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. २ ले रात्रि प्रावि पलासेका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेको छ । वडाध्यक्ष केशवराज आचार्यले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा पोशाक वितरण गर्नुभएको हो ।पोशाकमा विद्यालय आउँदा अनुशासन कायम हुने र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रोत्साहन गर्नका लागि विद्यालयका एकसय ६० जना विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चामबहादुर विकले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चौधरीको अध्यक्षता तथा वडाध्यक्ष केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा वडा सदस्य टार्जन खड्कालगायतले बोल्नुभएको थियो । पोशाक वितरणले विद्यार्थीहरुलाई नियमित कक्षामा आउन सहयोग पुग्ने र पठनपाठनमा टेवा पुग्ने वक्ताहरुको भनाइ थियो ।घोराही उपमहानगरपालिका वडा नं. २ लाई बालमैत्री वडा बनाउन कार्यालयले विद्यार्थीहरुलाई पोशाकको व्यवस्था गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि वडाका विभिन्न ७ वटा विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिसकिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस