लक्ष्मी के‍.सी.
दाङ, २६ जेठ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले घोराही उपमहानगरपालिकामा रहेका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।  अवलोकनका क्रममा राष्ट्रिय परीक्षा बोर्ड पुग्नुभएका मन्त्री बरालले राष्ट्रिय परीक्षा  बोर्डको प्रदेश कार्यलय दाङमा राख्नुपर्ने मागप्रति सकारात्मक भएको बताउनुभयो । मन्त्री बरालले घोराही १४ मा रहेको खगेन्द्र नवजीवन केन्द्रको अवलोकन पनि गर्नुभएको छ ।मन्त्री बरालले  शनिबार घोराही १६ तेरौँटेमा रहेको बृद्धाश्रमको पनि अवलोकन गर्नुभएको छ । बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुसँग उहाँले भेट गर्नुभएको थियो । बृद्धबृद्धाहरुको लगि बृद्धाश्रमले गरेको व्यवस्थापनका बारेमा आश्रमकी कर्मचारी हिरा शाहले जानकारी गराउनुभएको थियो ।बृद्धाश्रमले गरेको कार्य सराहनीय भएको मन्त्री बरालले बताउनुभयो ।

त्यसैगरी अनुगमनका क्रममा  घोराही बाल मन्दिरमा रहेका सुस्त मनस्थिति भएका विद्यार्थीको  उचित व्यवस्थापन  र आवस्यक शिक्षकको व्यवस्थाका लागि आफू सकारात्मक रहेको र पहल गर्ने पनि मन्त्री बरालले जानकारी दिनुभयो । स्थानीय शिक्षा प्रमुखको दुईदिने गोष्ठीका लागि मन्त्री बराल हिँजो दाङ आउनुभएको हो । अवलोकनमा मन्त्री बरालसँगै शिक्षा विकाश तथा समन्वय एकाइ दाङका प्रमुख सूर्यराज घिमिरे, घोराही नगर शिक्षा प्रमुख नारायण पौडेल, घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगी र जिबी चिन्तन रहनुभएको थियो ।

आजै तेरौँटेस्थित बृद्धाश्रममा घोराही १५ निबासी रोशन जोशी र सुश्मा जोशिकी कान्छी छोरी रोशिका जोशीको ७औँ जन्मदिनको अवसरमा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरिएको छ । बृद्धाश्रममा रहेका ९ जना बृद्धा तथा ८ जना बृद्धाहरुलाई फलफूल वितरण गरिएको थियो । बालबालिकालाई जेष्ठ नगरिकप्रति सम्मान  व्यक्त गर्न र बृद्धबृद्धाहरुलाई सानो भए पनि सहयोग गर्न फलफूल वितरण गरिएको बालिकाकी आमा सुश्मा जोशीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस