काठमाडौँ, २७ जेठ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालले शैक्षिक सम्मेलन गर्ने भएको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । किवानिज इन्टरनेशनल नेपालको केन्द्रीय कमिटीको बैठकले आगामी भदौ १५ गते पोखरामा  शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले तीन दिनसम्म सञ्चालन हुने उक्त शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य उपस्थिति हुने बताउनुभयो । उहाँले सम्मेलनमा किवानिजको अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमलेबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधि सिकाइने जानकारी दिनुभयो ।
सचिव लम्सालले यस सम्मेलन मार्फत् आगामी वर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फत अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपालभित्र २१ वटा किविनिज क्लवमा ५ सय भन्दा बढी सदस्य आबद्ध रहेको उल्लेख गर्नुभयो । ‘सिन्धुपाल्चोकमा १ हजारभन्दा बढी बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । नवलपरासीमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडमा सडक बालबालिकाका लागि मामाघर नेपाल, पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेशनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेशनरी प्रदान गर्दै आएका छौँँ । यस्तै संखुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्रीलगायतका सामान प्रदान गर्दै आएका छौं’ उहाँले भन्नुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस