दाङ, २ असार । भारतको राजस्थान मरुभूमिबाट नेपाल प्रवेश गरेको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले नेपालमा गएराति ‘हिलो’ सहितको पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, सुनसरीको धरान, इटहरी, मोरङको पूर्वी क्षेत्र, सिराहाको धनगढीमाइ, नवलपरासी, दाङ, नेपालगञ्जलगायतका स्थानहरुमा हिलोसहितको पानी परेको स्थानीयहरुले बताएका छन् । नेपालका विभिन्न स्थानहरुमा यस्तो पानी परेको जनाउँदै विभागले आफ्नो ट्वीटमार्फत सो कुराको जानकारी गराएको हो ।

ट्वीटमा लेखिएको छ “राजस्थान आसपासको मरुभूमिमा केहि दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायूमण्डलमा बिस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातिबाट परेको वर्षामा धेरै स्थानहरुमा पहेँलो रंगको हिलो मिसिएको पानी परेको छ ।”

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस