घोराही, २ असार । अखिल (क्रान्तिकारी)ले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै भोलि आइतवार दाङसहित देशैभर आम शैक्षिक हड्तालको आह्वान गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) दाङले शिक्षा क्षेत्रमा देखिएको दलालीकरण, भ्रष्टीकरण अन्त्यको माग गर्दै शान्तिपूर्णरुपमा विरोध गरिरहेको अवस्थामा सरकारले नागरिकलाई पक्राउ गरी झुठा मुद्दा लगाउन लागेको भन्दै उनीहरुको यथाशीघ्र रिहाइको माग गरेको छ ।

अखिल (क्रान्तिकारी) दाङ अध्यक्ष प्रीतिमा चौधरीले विज्ञप्ति जारी गर्दै सरकारले विभिन्न समयमा भएका सहमति एवं सम्झौताहरु कार्यान्वयन गर्नुको साटो नागरिकहरुमाथि दमन गरेको भन्दै शैक्षिक हड्ताल गर्न बाध्य भएको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) दाङले शैक्षिक संस्था बन्द गरी सहयोग गर्न सबैमा अनुरोध गर्दै आफ्नो अनुरोधलाई कमजोरी ठाने आइपर्ने सबै प्रकारको दुर्घटनाको जिम्मा सम्वन्धित पक्षले लिनुपर्ने चेतावानी समेत विज्ञप्तिमार्फत दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस