दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले सर्वोदय पुस्तकालय तथा वाचानालय घोराहीको आजीवन सदस्यता लिनुभएको छ ।
उहाँले बिहीवार घोराहीमा आयोजित एक कार्यक्रमबीच सदस्यतापत्र लिनुभएको हो । पुस्तकालय ब्यवस्थापन समिति अध्यक्ष सुशील गौतमले सदस्यतापत्र प्रदान गर्नुभएको हो । सो अवसरमा सभामुख महराले राप्तीकै जेठो पुस्तकालय सर्वोदयको सदस्यता लिएसँगै आफ्नो दायित्व पनि बढेको र यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी र दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पनि सर्वोदयको आजीवन सदस्यता लिनुभएको छ । उहाँहरुले पनि पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सर्वोदयले अहिले आजीवन सदस्यता खुला गरेको छ । एक हजार पाँच सय शुल्क तिरेर आजीवन सदस्यता लिन सकिने ब्यवस्था गरिएको पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस