घोराही, ८ असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भोलि आफ्नो नीति कार्यक्रम ल्याउने भएको छ । उपमहानगरपालिकाले सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिँदै तेस्रो नगरसभा अधिवेशनमार्फत हरेक क्षेत्रमा विकास गर्नेगरी नीति कार्यक्रम ल्याउन लागेको छ ।
चालु आर्थिक वर्षमा सडक पूर्वाधार विकासलाई प्राथमिकता राखेको उपमहानगरले यसवर्ष पनि ती सडकहरुको पूर्णता, स्तर उन्नती र कालोपत्रे गर्ने कार्यक्रम ल्याउन लागेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।
आगामी आर्थिक वर्षमा उपमहानगरले सदरमुकामसँग प्रत्येक वडालाई जोड्ने एक एक वडा सडकलाई कालोपत्र गर्नेगरी नीति कार्यक्रम तय गरेको जनाएको छ ।
साथै स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाई, पर्यटन, साहित्य, सञ्चार, बिपद्, कलासंस्कृति, महिला तथा बालबालिका, अपांग, जेष्ठ नागरिकसहित हरेक क्षेत्रको आवस्यकताअनुसारको विकासमा ध्यान दिँदै नीति कार्यक्रम ल्याउन लागेको प्रमुख चौधरीको भनाइ छ ।
भोलि दिउँसो २ बजे नीति कार्यक्रम ल्याउने गरी तयारी भएको उपमहानगरले जनाएको छ । नगरस्तरीय बजेटसँगै वडास्तरबाट पनि आधारभूत अावश्यकतासहित हरेक क्षेत्रलाई मध्यनजर गर्दै बजेटलाई छुने गरी नीति कार्यक्रम तय भएको उहाँले बताउनुभयो । घोराही र तुलसीपुर उपमहानगरले असार १० गते बजेट ल्याउने छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस