घोराही, ९ असार । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा नेपाल जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका प्रिन्सिपल केशवराज गिरीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा आयोजित विद्यार्थीहरुको भेलाले कक्षा ९ का छात्र खिम बहादुर चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

भेलाले सर्कलको उपाध्यक्षमा कक्षा १० की छात्रा झरना डाँगी, सचिवमा कक्षा ८ का छात्र किसन खड्का, सहसचिवमा कक्षा ७ कि छात्रा प्रशंसा रिजाल, कोषाध्यक्षमा कक्षा ९ की छात्रा सस्मिता डाँगी र सहकोषाध्यक्षमा कक्षा ६ का छात्र अनुप चौधरीलाई चयन गरेको  छ । यसैगरी नवगठित सर्कलको शिक्षक नायकमा विद्यालयका शिक्षक अमृत घर्तिमगर र सहयोगी शिक्षक नायकमा शिक्षिका सविना बस्नेतलाई चयन गरिएको छ भने सर्कलको संरक्षकमा विद्यालयका प्रिन्सिपल केशवराज गिरी रहनु भएको छ ।विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक विमला केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमका प्रमुख अतिथि चौधरीले रेडक्रसका बारेमा विद्यार्थीहरुलाई प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस